Brief Answer Question
Draw a production possibility curve and show the efficient and inefficient combinations of production of an economy on the curve?
(उत्पादन सम्भाव्यता वक्रको रेखाचित्र बनाउनुहोस् र एउटा अर्थतन्त्रको कुशल र अकुशल उत्पादन संयोगहरूलाई रेखाचित्रमा देखाउनुहोस् ।)
State the factors causing leftward shift of supply curve of an apple farm.
(एउटा स्याउफार्मको पूर्तिबक्र वायाँतिर सर्ने कारणहरू उल्लेख गर्नुहोस् ।)
Define advertisement elasticity of demand.
(मागको विज्ञापन लोच परिभाषित गर्नुहोस् ।)
Why do indifference curves not intersect each other?
(तटस्थ वक्ररेखाहरू एकआपसमा किन काटिदैनन् ?)
Derive isocost line when total cost outlay is Rs.4000, wage rate is Rs.200 and rental rate of capital is Rs.400.
(कुललागत खर्च रु.४०००, ज्यालादर रु.२०० र पूँजीको भाडादर रु.४०० भएको अवस्थामा सम लागत रेखा व्युत्पन्न गर्नुहोस् ।)
Write the formula for calculation of marginal product of labor (MPL) and average product of labor (APL).
(श्रमको सिमान्त उत्पादन र औसत उत्पादन गणना गर्ने सूत्र लेख्नुहोस् ।)
Write the conditions for equilibrium of a firm in monopolistic market in short run.
(अल्पकालमा एकाधिकारात्मक बजारको फर्म सन्तुलनका शर्तहरू लेख्नुहोस् ।)
Give examples of demand-increasing innovations in Innovation Theory of Profit.
(नाफाको नवप्रवर्तन सिद्धान्तअनुसार मागविस्तार नवप्रवर्तनका उदाहरणहरु दिनुहोस् ।)
A firm's average revenue is Rs.200, average cost is Rs.220 and average variable cost is Rs.175. The firm, suffering from loss, should shut down or stay in business in short run.
(एउटा फर्मको औसतआय रु.२००, औसत लागत रु.२२० र औसत परिवर्तनशील लागत रु.१७५ छ । घाटामा रहेको उक्तफर्म अल्पकलमा बन्द गर्नु पर्छ वा संचालनमा रहनुपर्छ ?)
Make a list of internal diseconomies of scale.
(स्तरको आन्तरिक बेमितव्ययिताहरुको सूचीबनाउनुहोस् ।)
Descriptive Answer Question
Differentiate between static and dynamic analysis in microeconomics.
(सूक्ष्म अर्थशास्त्रमा स्थिर र गतिशिल विश्लेषण बिच भिन्नता छुट्याउनुहोस् ।)
Describe the market efficiency? How is market efficiency measured by consumer surplus and producer surplus? (4+6)
(बजार कुशलताको वर्णन गर्नुहोस् । उपभोक्ता वचत र उत्पादक वचतबाट बजार कुशलताको मापन कसरी गरिन्छ ?)
Explain the degrees of elasticity of supply.
(पूर्तिलोचका श्रेणीहरुको व्याख्या गर्नुहोस् ।)
Explain the consumer's equilibrium in cardinal approach. Price apple is Rs.20, price of banana is Rs. 10 and the consumer spends whole income Rs.110 on apple and banana. Find the consumer's equilibrium when the marginal utilities (MU) of apple and banana are as follows:
(संख्यात्मक उपयोगिता विश्लेषण विधीमा उपभोक्ता सन्तुलनको व्याख्या गर्नुहोस् । स्याउको मूल्य रु.२० छ, केराको मूल्य रु. १० छ र उपभोक्ताले आफ्नो सबै आम्दानी रु.११० स्याउ र केरामा खर्च गर्दछ। स्याउ र केराको सिमान्त उपयोगिताहरु निम्नानुसार भएको अवस्थामा उपभोक्ताको सन्तुलन पत्ता लगाउनुहोस् ।)
| Units of consumption | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 |
| MU of apple | 800 | 700 | 600 | 500 | 400 | 300 | 200 |
| MU of banana | 500 | 450 | 400 | 350 | 300 | 250 | 200 |
Why do some long run average cost curves are U-shaped but some are L-shaped? Differentiate with the reasons.
(किनकुनै दीर्घकालिन औसत लागतबक्र ∪ आकारका हुन्छन तरकुनै दीर्घकालिनऔसत लागतबक्र ∟ आकारका हुन्छन ? कारणहरु सहित छुट्याउनुहोस् ।)
Complete the following table. Graph total revenue, average revenue and marginal revenue curves. Explain the relation of total revenue and marginal revenue with price elasticity of demand. (2+3+5)
(दिइएको तालिका पूरा गर्नुहोस् । कुलआय, औसतआय र सिमान्त आय बक्रहरुको ग्राफ बनाउनुहोस् । मागको मूल्यलोचसँग कुल आय र सिमान्त आयको सम्बन्ध व्याख्या गर्नुहोस् ।)
| Quantity | 0 | 10 | 20 | 30 | 40 | 50 | 60 | 70 |
| Total revenue | 0 | 60 | 100 | 120 | 120 | 100 | 60 | 0 |
| Average revenue | ||||||||
| marginal revenue |
Analytical Answer Question
The production function of Langtang Cheese Pvt. Ltd. is Q = 4L + 11L² - L³. Complete the following table.
(लाडटाड चिज प्रा.लि.को उत्पादन फलन Q = 4L + 11L² - L³ छ । दिइएको तालिका पूरा गर्नुहोस् ।)
| No. of Labor | Total Production | Average Production | Marginal Production |
| 0 | |||
| 1 | |||
| 2 | |||
| 3 | |||
| 4 | |||
| 5 | |||
| 6 | |||
| 7 | |||
| 8 | |||
| 9 |
a. Analyze the three stages of the Law of Variable proportion for Langtang Cheese Pvt. Ltd. by using above data.
(माथिको तथ्याङ्क प्रयोग गरी लाडटाड चिज प्रा.लि.का लागि परिवर्तनशील अनुपातको नियमका तीनवटा चरणहरुको विश्लेषण गर्नुहोस् ।)
b. Market price of cheese is Rs.1000 per kg, and the wage rate is Rs 34,000 per month. Using data of the second stage of the Law of Variable proportion, find the equilibrium level of labour and output of the cheese. (6+6+3)
(चिजको बजार मूल्य प्रति केजी रु.१००० छ, र ज्याला दर प्रति महिना रु.३४००० छ । परिवर्तनशील अनुपातको नियमको दोस्रो चरणको तथ्याङ्क प्रयोगगरी, श्रम र चिजको उत्पादनको सन्तुलनस्तर पत्ता लगाउनुहोस् ।)
How does a cartel determine the price to maximize the joint profit? Evaluate the advantages and disadvantages of cartel for consumers and producers. (9+6)
(संयुक्त नाफा अधिकतम गर्नका लागि कार्टेलले कसरी मूल्य निर्धारण गर्दछ ? उपभोक्ताहरु र उत्पादकहरुको लागि कार्टेलका फाईदाहरु र बेफाईदाहरु मूल्याङ्कन गर्नुहोस् ।)
Critically analyze the Loanable Fund Theory of interest.
(ब्याजको ऋण योग्य कोषको सिद्धान्तको आलोचनात्मक विश्लेषण गर्नुहोस् ।)


